राजनीति

प्रदेश नम्बर १ मा एमालेको हालीमुहाली कांग्रेसले समाप्त पार्ने संकेत

प्रदेश नम्बर १ मा एमालेको हालीमुहाली कांग्रेसले समाप्त पार्ने संकेत

असार १६ । प्रदेश नम्बर १ मा नेकपा एमालेले धेरै अपेक्षा गरेको थियो । एक नम्बर प्रदेशका तराईका तीन जिल्लामा मधेस केन्द्रीत दलको प्रभाव नभएका कारण पनि यो प्रदेशमा एमालेले फराकिलो अन्तरले अगाडि बढ्ने अपेक्षा गरेको थियो ।

तर दूर्भाग्य नै मान्नु पर्छ एमालेको लागि प्रदेश नम्बर एक । किनभने यो प्रदेशमा एमालेले नै अग्रता लिएको त छ तर झिनो अन्तरले । एमाले ५२ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस ५१ स्थानमा अगाडि छ ।

यो प्रदेशमा नेकपा माओवादी केन्द्र अन्यत्र झै तेस्रो स्थानमा छ । मधेसवादी दलहरु पनि यो प्रदेशमा अलिअलि अगाडि आएका छन् । चार वटा स्थानीय तहमा मधेसवादी दलहरुले अग्रता लिएका छन् ।

गाईको नामबाट धार्मिक राजनीतिक गर्ने राप्रपालको अवस्था प्रदेश एकमा पनि शुन्य देखिएको छ ।  सबैभन्दा महत्वपूर्ण कुरा त प्रदेश १ को सम्भावित राजधानी विराटनगर हो । विराटनगर महानगरमै एमालेलाई सबैभन्दा ठूलो झड्का लागेको छ ।


महानगरमा नेकाका भिम पराजुलीले प्रारम्भिक मत गणनामै झन्डै दोब्बरले लिड गरेका छन् । कांग्रेसकै उपमेयरकी उम्मेदवार इन्दिरा कार्की पनि अगाडि छन् ।
महानगरमा एमालेका विनोद ढकाल, राप्रपाका प्रहलाद साह, संघीय समाजवादीका उमेश यादवले प्रतिस्पर्धा गरेका छन् ।

 

 

विशेष