अपत्यारिलो ढंगले पाँच नम्बरमा कांग्रेसलाई पछि पार्यो एमालेले
असार १६ । प्रदेश नम्बर पाँचको मतगणना सुरु हुँदै गर्दा बिहीबार नेपाली कांग्रेसले अधिकांश स्थानमा अग्रता लिएको थियो । नेकपा एमालेले त कांग्रेसलाई धेरै परबाट पछ्याइरहेको थियो । टक्कर दिने त कल्पना पनि थिएन ।
तर शुक्रबारसम्म आइपुग्दा परिदृश्य अनौठो देखिएकोछ ।
नेकपा एमालेले ३९ स्थानमा अग्रता लिइरहेको छ । जबकी कांग्रेसले ३० स्थानमा मात्रै अग्रता लिएको छ ।
यो प्रदेशमा नेकपा माओवादी केन्द्रको भने केही राम्रो छ । माओवादी केन्द्रले प्रदेश पाँचमा १६ स्थानमा अग्रता लिएको छ । माओवादीको यति राम्रो अवस्था अन्य कुनै पनि प्रदेशमा देखिएको छैन । प्रदेश १ मा माओवादी केन्द्र ११ स्थानमा अगाडि छ । प्रदेश नम्बर सातमा १४ स्थानमा अगाडि छ ।
माओवादीको मान्छे मार्ने आन्दोलनको गढ प्रदेश नम्बर पाँचमै थियो । यसकारण पनि यो प्रदेशमा माओवादी केही शक्तिशाली देखिएको छ ।
प्रदेश पाँचमा अन्य राजनीतिक दल दुई स्थानमा अगाडि छन् ।
राप्रपाको गाईलाई यो प्रदेशमा पनि जनताले घाँस हालेको देखिएन ।