राप्रपाको गाईलाई कुन प्रदेशमा कति जनताले घाँस हाले त !
असार १६ । संसदको बनोट हेर्ने हो भने राप्रपा चौथो शक्तिशाली दल हो । स्थानीय तह पहिलो चरणको निर्वाचनमा राप्रपाले लज्जास्पद हार व्यहोर्यो । पहिलो चरणमा भएको तीन, चार र छ नम्बर प्रदेशमा राप्रपाले शर्मनाक पराजय व्यहोर्यो ।
अहिलेको एक, पाँच र सातमा पनि राप्रपाको पराजय नै देखिएकोछ । राष्ट्रिय जनावर, हिन्दूहरुले पूजा गर्ने गाईमाथि राप्रपाले राजनीति गर्दै आएको थियो ।
तर यसपटक राप्रपाको गाईलाई कुनै प्रदेशमा पनि जनताले घाँस हालेका छैनन् । करिब ३०७ स्थानमा मतगणना जारी छ । तर राप्रपाले सात नम्बर प्रदेशमा जम्मा २ स्थानमा मात्रै अग्रता लिएको छ ।
संसदको चौथो दलको उपस्थितिले यसपटक पनि जनताले कांग्रेस, एमाले र माओवादीलाई नै भोट गरेर अरुलाई वेवास्ता गरेको प्रष्ट पार्छ ।