राजनीति

एमालेबाट वामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवार बन्ने

एमालेबाट वामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवार बन्ने

जेठ २० । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार उपाध्यक्ष वामदेव गौतमलाई बनाउने तयारी गरेको छ ।

चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना गर्ने गरी ठोस निर्णय गरे आइतबार बस्ने संसद् बैठक अवरोध खोल्ने संकेत एमालेले गरेको छ । संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचन आइतबार गराउने गरी तयारी गरिरहेका बेला एमालेको पछिल्लो धारणा आएको हो ।

तर, आयोगले निर्णय गर्न विलम्ब गरे वा पुनः मतदान गर्ने गरी निर्णय गरेमा संसद् बैठक अवरोध कायमै राख्ने एमाले नेताहरूले जानकारी दिएका छन् । काँंग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने तयारी गरिरहेका बेला एमालेले उनलाई सर्वसम्मत हुन नदिने गरी उम्मेदवार अगाडि सार्न लागेको हो । यद्यपि यसबारेमा एमालेले अझै आधिकारिक निर्णय भने गरिसकेको छैन ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने अनौपचारिक चर्चा भए पनि सचिवालयबाट आधिकारिक निर्णय भने भइसकेको छैन । तर, देउवालाई सर्वसम्मत प्रधानमन्त्री हुन भने नदिइने बताएका छन् ।

 

विशेष