राजनीति मुख्य समाचार

निर्वाचन आयोगको पुन मतदान गराउने निर्णय विरुद्ध एमाले अदालत जाने

निर्वाचन आयोगको पुन मतदान गराउने निर्णय विरुद्ध एमाले अदालत जाने

प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ । 

शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलमा बसेको स्थायी समिति बैठकले आयोगले पुनः मतदान गर्ने निर्णयले लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको निष्कर्ष निकाल्दै त्यस विरुद्ध सबै प्रकारका न्यायीक उपचारको खोजी गर्ने निर्णय गरेको हो । बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै अध्यक्ष केपी ओलीले पुनः मतदान गराउने निर्णय गर्दैमा सबै कुरा सकियो भनेर नसोच्न सत्तारुढ दललाई चेतावनी दिदै त्यसबारे कानुनी उपचार खोजीने बताए ।, 

एमालेले पुनः मतदान गराउने निर्णयलाई अपराधिक नाटकको संज्ञा दिदै त्यसलाई अस्वीकार गर्ने निर्णय पनि गरेको छ । सरकारद्धारा योजनावद्ध ढंगले पुनः मतदान गराउने काम भएको भन्दै उसले सो प्रक्रियामा सहभागी नहुने निर्णय पनि गरेको छ । अध्यक्ष ओलीले निर्वाचन आयोगले एउटा संबैधानिक निकायको भूमिका अनुसार निर्वाचन गराउने दायित्व पुरा गर्नुको सट्टा दवावमा आएर लाचारी निर्णय गरेको आरोप लगाए । 

निर्वाचन आयोगको शनिबार बसेको बैठकले विभिन्न प्रतिवेदनबाट मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय गरेको हो । 

विशेष