प्रधानमन्त्री निर्वाचनबारे एमालेलाई जानकारी नै छैन

जेठ २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री निर्वाचनको प्रक्रियामै आफ्नो असहमति रहेको जनाएको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको निर्वाचनबारे जानकारी नै नभएको प्रतिक्रिया दिएका छन् ।
भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमालेले संसद अवरुद्ध पार्दै आएको छ । एमालेको अवरोधका बीच संसदले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया सुरु गरेको छ ।
CPN UML