राजनीति

भरतपुर प्रकरण यत्तिकैमा टुंगियो भन्ने भ्रममा नपर्न सत्तापक्षलाई ओलीको चेतावनी

भरतपुर प्रकरण यत्तिकैमा टुंगियो भन्ने भ्रममा नपर्न सत्तापक्षलाई ओलीको चेतावनी

जेठ २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा फेरि मतगणना हुने कुराको तीव्र आलोचना गरेका छन् ।

निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेर तमासा देखाएको भन्दै ओलीले आयोगको निर्णय मान्य नहुने र यसको कानूनी उपचार खोज्नुपर्ने बताएका छन् ।
स्थायी कमीटिको बैठक सकिनुपश्चात ओलीले सञ्चारकर्मीहरुसँग गफीदैँ भरतपुर प्रकरण यत्तिमै टुंगियो भन्ने भ्रममा नपर्न सत्तापक्षलाई चेतावनी दिएका छन् ।

पुनः मतगणनाको निर्णय गरेर निर्वाचन आयोग दबाबका सामु लाचार भएको तीखो टिप्पणी गर्दै उनले पुनः मतदानको तमासा नगरेर सिधै रेणु दाहालले जित्नुभयो भन्ने घोषणा गरिदिए सकिलो हुने भन्दै कसिलो व्यंग्य हाने ।

यसका साथै उनले दोस्रो चरणको चुनाव गराउनुको साटो उम्मेदवारी दर्तापछि सरकारले जसजसलाई जिताउन भन्छ, उनीहरुलाई विजयी घोषणा गराउन पनि आयोगलाई सुझाव दिए ।

KP Oli

विशेष