विचित्र विश्व

भेटियो १ अर्ब ८० करोड रुपैयाँ तर खर्च गर्न मिल्दैन्

भेटियो १ अर्ब ८० करोड रुपैयाँ तर खर्च गर्न मिल्दैन्

जेठ २०  बाटोमा एउटा नोट भेटियो भने पनि उठाउन मन लागिहाल्छ । अनि सडकमा अर्ब रुपैयाँ नै भेटियो भने नि ?

केही दिनअघि रुसको सेन्ट पिटर्सबर्गमा एक समूहले दलदल भएको उजाड ठाउँमा एक अर्ब रुबल भेटे ।

नेपाली मुद्राअनुसार यसको मूल्य एक अर्ब ८० करोड रुपैयाँ हुन आउँछ । नोट भेटेका मानिसलाई यो खर्च गर्ने अनुमति छैन ।

पूर्व सोभियत संघमा चलनमा रहेका यी नोट अहिले चल्दैनन् ।

राजधानी मस्कोभन्दा करीब १६० किलोमिटर पर भ्लादिमिर क्षेत्रमा यी नोटहरू भेटिएका थिए । यहाँ पुरानो खदान थियो र सोभियत कालमा यहाँ मिसाइल राखिन्थ्यो । खोजी समूहले यहाँ पैसा लुकाएर राखिएको थाहा पाएपछि खोज्न शुरु गरेको थियो ।

यो जानकारी आएपछि सञ्चारमाध्यममा खुबै चर्चा भयो । सन् १९६१ देखि १९९१ का बीचमा जारी गरिएका यी नोटको अहिले कुनै मूल्य छैन ।

बाढी आएर पैसा बगाउँदै यो खदानमा पुगेको हुनसक्ने अनुमान गरिएको छ ।

एजेन्सी

note

विशेष