राजनीति

एमालेले संसद अवरोध गरे के हुन्छ प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया, यस्तो छ व्यवस्था


जेठ २१ । नयाँ प्रधानमन्त्री चयनका लागि आज संसदमा निर्वाचन हुँदैछ ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध जारी राख्ने निर्णय गरेको छ। यस्तो अवस्थामा आजकाका लागि तोकिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा छ। संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसदको प्रक्रिया अगाडि बढाउने अधिकार छ ।

बैठकको विषयमा सभामुख आफैंले निर्णय लिन सक्नेछिन्। संसद्का कानुनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरुले संसद् चल्नै नदिई अवरोध पुर्‍याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए । विपक्षीहरुको अवरोधकाबीच सभामुखले प्रक्रिया अगाडि बढाउन पनि सक्छिन् ।

तर, यसो गर्दा अप्रिय घटनासमेत हुने सम्भावना रहन्छ । यस्तो अवस्था आउन दिने पक्षमा सभामुख छैनन्, स्रोतले भन्यो, सकभर एमालेलाई सहमतिमा ल्याएरै संसद् चलाउने सोचमा सभामुख हुनुहुन्छ ।

विशेष