राजनीति भिडियो

रविन्द्र मिश्रमाथि खनिँदै मदन राईले भने, ‘सेवाका नाममा दुनियाँलाई बेकुफ बनाउने मिश्र मट्याङ्ग्रा हुन्, बाबुराम पृथ्वी !’ (भिडियोसहित)

रविन्द्र मिश्रमाथि खनिँदै मदन राईले भने, ‘सेवाका नाममा दुनियाँलाई बेकुफ बनाउने मिश्र मट्याङ्ग्रा हुन्, बाबुराम पृथ्वी !’ (भिडियोसहित)

चर्चित कृषि बैज्ञानिक एंव यौन विश्लेषकसमेत रहेका नयाँ शक्ति पार्टीका नेता मदन राईले रविन्द्र मिश्रमाथि गम्भीर आरोप लगाएका छन् । साझा पार्टीका प्रमुख मिश्रले समाज सेवाका नाममा दुनियाँलाई बेकुफ बनाएको राईको आरोप छ ।

राईले मिश्रलाई मट्याङ्ग्रा र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई पृथ्वीसँग तुलना गर्दै भने, ‘बाबुरामसँग मिश्रको तुलना हुनै सक्दैन । मिश्र मट्याङ्ग्रा हुन्, भट्टराई पृथ्वी । सुविधामुखी जागिर खाएर समाजसेवाका नामका नाममा दुनियाँलाई बेकुफ बनाउने मिश्रले के फुर्ति लाउनु ?’ नयाँशक्तिमा लागेकाहरु फसेको भनि मिश्रले सार्वजनिक अभिव्यक्ति दिएको प्रति रोष प्रकट गर्दै राईले भने, ‘बाबुराम जत्तिको मान्छे नेपालमा अर्को छैन, रबिन्द्र त केही पनि होइन ।

दुनियाँभरबाट पैसा ल्याएर शहरका स्कुल पोस्ने अनि फुर्ति लगाउने ?’ उनले मिश्रलाई सम्हालिएर बोल्न चेतावनी दिएका छन् । नेपाल आजसँगको कुराकानीमा राईले नेपाली समाजको अवश्थाका बारेमा मिश्र अनविज्ञ रहेको जिकिर गरे ।

सम्भ्रान्त परिवारमा जन्मेको र सुविधामुखी जागिरमा जीबन बिताएको भन्दै उनले मिश्रलाई राजनीतिमा टिकिरहन सुभकामना दिए । राईले नयाँ शक्तिमा लागेकोमा आफूलाई गर्ब लागेको बताए । मिश्रलाई आफूले राम्रोसँग चिनेको उल्लेख गर्दै राईले भने, ‘मिश्रले सम्हालिएर बोल्दा हुन्छ । बाबुरामले राजनीतिमा ४० बर्ष बिताएका छन्, रविन्द्र बाल्खै छन् । बाबुरामजस्तो पारदर्शी जीबन भएको व्यक्तिलाई भारतसँग जोड्ने मिश्रलाई भोलि कता कता जोडिएको भनेर आरोप लाग्ने निश्चित छ ।’

madan rai baburam bhattarai rabindra mishra

विशेष