राजनीति

बिदाई हुँदै गर्दा प्रचण्डले कर्मचारीहरुलाई भने, ‘फेरि स्वागत गर्न तयार रहनुस्’

बिदाई हुँदै गर्दा प्रचण्डले कर्मचारीहरुलाई भने, ‘फेरि स्वागत गर्न तयार रहनुस्’

जेठ २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आज प्रधानमन्त्रीको रुपमा सिंहदरबारबाट बिदाई गरिएको छ । आफू बिदा हूँदै गर्दा उनले मन्त्रालयका कर्मचारीहरुलाई स्वागतका लागि पनि तैयार रहन आग्रह गरेका थिए ।

मन्त्रालयका सबै कर्मचारीको प्रशंशा गर्दै उनले आफ्ना मुख्य सचिव सोमलाल सुवेदीको खुलेरै तारिफ गरेका थिए । त्यस्तैगरि सुवेदीले पनि प्रचण्डको तारिफ गर्न कुनै कसुर छोडेनन् । उनले आफूल आफ्नो कार्यकालमा चारजना प्रधानमन्त्रीसँग काम अवसर पाएपनि प्रचण्डसँग काम गर्दा आत्मीय आनन्द आएको भन्दै उनको नेतृत्व, राजनीतिक इच्छाशक्तिको प्रशंशा गरे ।

आफ्नो कार्यकालबारे अनुभव साट्दै गर्दा प्रचण्डले कर्मचारीहरुको कारण आफूले पनि राम्रो काम गर्न सकेको जिकिर गरे । मुख्य सचिव सोमलाल सुवेदीले स्थानीय तह पुर्नसंरचनाको विषयमा आफ्नो दक्षता देखाउनाले आफूलाई काम गर्न धेरै सजिलो भएको भन्दै राजनीतिक नेतृत्व सहि ढंगले गर्न सक्दा कर्मचारीहरु पनि सक्षम हुने कुरालाई स्पष्ट पारे ।

उनले कर्मचारीकै सहयोगमा आफ्नो कार्यकाल सफल भएको दाबी गर्दै संविधान कार्यन्वयन, स्थानीय तहको निर्वाचन, लोडसेडिङ, आर्थिक वृद्धिदरजस्ता उल्लेखनीय काम सफल भएको बताए ।

कार्यक्रममा बोल्दै मुख्य सचिव सुवेदीले पनि प्रचण्डको नेतृत्व गर्ने शैलीबाट आफू खुबै प्रभावित भएको बताउँदै अरुलाई पनि सहि नेतृत्व गर्न शुभकामना दिएक थिए । यसका साथै उनले कुनै पनि कर्मचारीले प्रचण्डको नेतृत्वमा असुरक्षित महशुश गर्नुनपरेको बताए ।

कार्यक्रमको अन्त्यमा मुख्य सचिव सुवेदीले प्रधानमन्त्री प्रचण्डलाई उपहारस्वरुप सुनौलो रंगको बुद्धको मूर्ति दिएका थिए । त्यस्तैगरि उनले सचिवालयका कर्मचारीहरुलाई पनि मायाको चिनो दिएका थिए । जाँदाजाँदै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय परिसरमा वृक्षरोपण पनि गरेका थिए ।

prachanda bidaii

विशेष