राजनीति

तीन दलको बैठक जारी, ओली गएनन्

तीन दलको बैठक जारी, ओली गएनन्

जेठ २२ संसद् सुचारु गर्ने विषयमा छलफल गर्न सभामुख र तीन दलको बैठक बसिरहेको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा जारी बैठकमा मंगलबारको संसदको गतिरोध अन्त्यका लागि पहल भइरहेको छ ।
नेकपा एमालेको आग्रहमा सभामुख ओनसरी घर्तीले आइतबार संसदको बैठक मंगलबारसम्मका लागि स्थगित गरेकी थिइन् । बैठकमा सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपाल लगायत शीर्ष नेता उपस्थित भएपनि एमाले अध्यक्ष ओली भने सहभागी भएका छैनन् ।

संसद सचिवालयले नयाँ प्रधानमन्त्री चयनको कार्यसूची प्रकाशन भएपनि प्रमुख प्रतिपक्षी एमालेले अवरोध कायम राखेको छ । प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ ।

नेकपा एमालेले भरतपुरको मतगणना अविलम्ब गर्नुपर्ने माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर निर्वाचन आयोगले रोकिएको भरतपुर १९ नम्बर वडामा पुनः मतदानको निर्णय गरेको छ भने पुनः मतदान खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

रिटमाथि अदालतले अन्तरकालिन आदेश दिँदै २८ गतेसम्म चुनाव नगराउन आयोगलाई आदेश दिएको छ ।

विशेष