राजनीति

देउवाको पक्षमा दुई तिहाई, यी हुन् देउवालाई समर्थन गर्ने दल

देउवाको पक्षमा दुई तिहाई, यी हुन् देउवालाई समर्थन गर्ने दल

जेठ २२ । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा झण्डै दुई तिहाइ मत पुगेको छ ।

नौ दलले समर्थन गर्दा उनको पक्षमा ३ सय ८८ मत जुटिसकेको छ । संसदमा अहिले ५ सय ९३ सदस्य छन् । दुई तिहाइका लागि ३ सय ९६ मत आवश्यक पर्छ ।

देउवाको पक्षमा दुई तिहाइ पुग्न अब ८ मत मात्रै कम छ ।

देउवाको पक्षमा रहेका दलहरु

नेपाली कांग्रेस– २ सय सात सांसद
नेकपा माओवादी केन्द्र– ८२ सांसद
राप्रपा– ३७ सांसद
संघीय समाजवादी– १५ सांसद
लोकतान्त्रिक फोरम– १७ सांसद
नेकपा संयुक्त– ३ सांसद
समाजवादी जनता पार्टी– १ सांसद
अखण्ड नेपाल– १ सांसद
राजपा नेपाल– २५ सांसद

नयाँ पत्रिका 

विशेष