राजनीति भिडियो कुरा: खस्रा मिठा

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपाली जनता खुसी हुनु पर्ने कुनै कारण छैन (भिडियोअन्तर्वार्ता)

शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नेपाली जनता खुसी हुनु पर्ने कुनै कारण छैन (भिडियोअन्तर्वार्ता)

–अरुण सुवेदी, राजनीतिक विश्लेषक
सरकार बदलिनु, नयाँ बन्नु, पुरानो भत्किने घटनालाई संसदीय राजनीतिमा सामान्य घटनाको रुपमा स्वीकार गर्नुपर्छ । नयाँ बन्न लागेका शेरबहादुर देउवाको इतिहास पनि जनता धेरै खुशी र दुःखी हुनुपर्ने किशिमको छैन ।

 

देउवाको विगत हेरियो भने प्रचलित अवस्थालाई समाप्त पार्न उहाँ बढि सफल देखिनुभएको छ । अहिलेको संविधानको विरोधमा रहेर पनि यही संविधानमा प्रधानमन्त्री हुनुभयो भने अब सिध्याउनुहुन्छ भन्ने सम्भावना छ ।

 

संविधान कार्यान्वयन होला कि नहोला भन्ने शंका छ । संविधानको कार्यान्वयन भए पनि या नभएपनि दोस्रो चरणको निर्वाचनमा त मुलुक गयो गयो ।

यो वर्ष आर्थिक वृद्धि हुनु सरकारको क्षमतामात्र पनि होइन । भारतको अर्थतन्त्रले हाम्रा धेरै कुराहरुलाई निर्धारण गर्छ । भारतमा पनि अर्थतन्त्र राम्रो भएकोमा त्यसको स्वतः प्रभाव नेपालमा भइ नै हाल्छ । दोस्रो कुरा गत वर्षको भूकम्प, नाकाबन्दी र अनेक कारणहरुले लगभग आर्थिक वृद्धिदर शून्य भएको थियो । यस्तो अवस्थमा स्वभाविक रुपमा वृद्धिदर बढ्छ । यति हुँदाहुँदै पनि केही क्षेत्रमा राम्रा भएका छन् जस्तै उर्जा क्षेत्र, स्वास्थ क्षेत्रमा राम्रा कामहरु भएका छन् । उद्योग क्षेत्रमा पनि नवीन्द्रराज जोशीले सरकारी उद्योग चलाउनुभयो भनेर प्रचार त भएको छ तर म त्यो पक्षमा सहमत छैन । यो २१ औँ शताब्दीको सरकारले सिटामोल बनाएर बस्ने होइन भन्ने मान्छे हुँ ।

 

तर त्यो कुरालाई आशा गर्ने केही जनमत पनि भएकाले पनि त्यसमा केही राम्रा काम भएका छन् ।

 

यो वर्ष सरकारले गरेका फास्ट ट्रयाक र ओबीओआरका कुराहरु हामीले सम्झिनै पर्छ । नेपालले पनि यसमा सम्झौतामात्र गरेको हो यसमा हस्ताक्षर गरिसक्ने निर्णयमा पुगिसकेको छैन ।


(नेपाल आजको नियमित स्तम्भ ‘कुरा खस्रा मिठा’मा राजनीतिक विश्लेषक अरुण सुवेदीले व्यक्त गर्नुभएको धारणामा आधारित)

कुरा: खस्रा मिठा अरुणकुमार सुवेदी

विशेष