राष्ट्रियता हामीलाई सिकाउनुपर्दैन भन्दै ओलीलाई जवाफ दिए देउवाले
पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियताको पाठ नपढाउन नेकपा एमालेलाई सुझाव दिएका छन् ।
व्यवस्थापिका–संसद्को बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
“राष्ट्रियताको कुरा आजकल धेरै उठेको छ । हाम्रा आदर्श नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । अरुलाई कण्ठ नहोला तर हामीलाई छ । यसमा हामीलाई पाठ सिकाउनुपर्दैन ।”
उनले पार्टीको सिद्धान्तमा कसैसँग सम्झौता नगर्ने बताए ।
“हाम्रो पार्टीको सिद्धान्तमा कसैले सम्झौता गर्न सक्दैन,” उनले भने, “राष्ट्रियता र प्रजातन्त्रमा हामीले कसैसँग सम्झौता गर्न सक्दैनौं । यो हाम्रो आदर्श हो ।”