राजनीति

ओलीको देउवालाई प्रश्न–मतपत्र च्यातियो, तपाईँको धारणा के छ ?

ओलीको देउवालाई प्रश्न–मतपत्र च्यातियो, तपाईँको धारणा के छ ?


जेठ २३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्वपूर्ण विषयमा आजकल कांग्रेस बोल्न छाडेको बताएका छन् ।
संसद्मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“भरतपुरमा मतपत्र च्यातियो माननीयज्यु, तपाइँले के भन्नुहुन्छ ? भनेर मैले शेरबहादुरजीलाई सोधें,” ओलीले भने,“उहाँको जवाफ थियो ‘थाहै छैन’ । बुझ्न त पाउनुपर्यो नि ? भन्नुहुन्छ ।”

ओलीले थप अघि भने, “तपाइँको पार्टीको दृष्टिकोण के हो ? भनेर मैले फेरि सोधें,” ओलीले भने, “नेपाली कांग्रेसको मुखमा बोल बोल मछली मुखमा पानी जस्तो भयो । कांग्रेस आजकल धेरै कुरामा बोल्न छाडेको छ । बेठिक भयो भनेर कांग्रेसले भन्न किन सक्दैन ? कांग्रेसप्रति शुभेच्छा मात्रै प्रकट गर्न सक्छु ।”
उनले माओवादी केन्द्रका नेताबाट पनि त्यस्तै जवाफ पाएको बताए । “मैले माओवादी केन्द्रका नेतासँग पनि सोधें, उहाँको जवाफ थियो–कानुनअनुसार गर्नु भनेको छु ।”

“मतपत्र च्यात्नेलाई खादा लगाएर स्वागत गरिन्छ कुनै महान काम गरेजस्तो,” ओलीले भने, “कारवाही गर्नुपर्ने ठाउँमा सम्मान गरिन्छ ।”

विशेष