राजनीति Breaking News

४० औँ प्रधानमन्त्री बने देउवा, यस्तो छ उनको राजनीतिक ‘फ्लास ब्याक’

४० औँ प्रधानमन्त्री बने देउवा, यस्तो छ उनको राजनीतिक ‘फ्लास ब्याक’

जेठ २३ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । आज सोमबार भएको संसद बैठकसँगै संसदमा ३८८ मत ल्याएर उनी प्रधानमन्त्री भएका हुन् । उनको विपक्षमा नेकपा एमालेको १७० मत परेको थियो । यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली कांग्रेससँग सत्ता साझेधारी भएको थियो । देउवा प्रचण्डको प्रस्तावकमा ४० औँ प्रधानमन्त्री भएका हुन् ।

डडेल्धुरा जिल्लाको पश्य गर्खा क्षेत्रमा सम्पन्न परिवारमा जन्मिएका हुन् देउवा । उनको परिवारलाई डडेल्धुरामा देउवा कुल भनेर पनि चिनिन्छ । यो परिवार सम्पन्न र जागिरदार परिवारको रुपमा चिनिन्छ । उनका ६ दाजुभाइमध्येमा उनी मात्र राजनीतिमा सफल हुन पुगे । उनले राजनीतिशास्त्रमा एम ए गरेका छन् भने ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ का रिसर्च फेलो पनि रहिसकेका छन् ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति हुन् । राजनीतिक संघर्षकै क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका थिए । तीन पटकसम्म प्रधानमन्त्री भइसकेका देउवा डडेल्धुरा जिल्ला क्षेत्र नं १ र कञ्चनपुर जिल्ला क्षेत्र नं ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्छन् । २०४८, २०५१ र २०५३ का संसदीय निर्वाचनहरुमा डडेल्धुरा जिल्ला क्षेत्र नं १ बााट विजयी देउवाले गृहमन्त्रीको जिम्मेवारी पनि लिइसकेका छन् ।

देउवाले युवावस्थामै राजनीतिमा संघर्ष गरेका थिए । काठमाडौँमा अध्ययन गर्ने शिलशिलामा प्रजान्त्रको निम्ती संघर्ष गर्दा उनी तत्कालीन राज्यपक्षको शिकार भएका थिए । निरन्तर राजनीतिमा होमिएका उनी क्रमश देशको गृहमन्त्री हुँदै प्रधानमन्त्रीसम्म बन्न सफल भएका थिए । देउवा चौथो पटक प्रधानमन्त्री भएका हुन् । २०५२ देउवा पहिलोपटक प्रधानमन्त्री भएका थिए । देउवाको निर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा ‘असक्षम’ को आरोप लगाई विघटन गरेका थिए । तर, पछि फेरि २०६१ सालमा पुनः देउवा ज्ञानेन्द्रबाट नै प्रधानमन्त्री नियुक्त हुन पुगे ।

देउवालाई बेलाबेलामा पार्टी फुटाएका आरोप पनि लाग्ने गरेको छ । पार्टीको आन्तरिक द्वन्द्वका क्रममा उनले आफ्नो नेतृत्वमा २०५९ सालमा नेपाली कांग्रेस(प्रजातान्त्रिक) को गठन गरेका थिए । २०६४ सालमा पार्टी एकीकरण भएर नेपाली कांग्रेस भयो । पार्टी गाँभिनु देउवाको लागि पनि फलीफाप बन्यो । उनी वरिष्ठ नेतामा स्थापित भए ।

यसरी राजनीतिमा आएर संर्घष गरेका देउवाका पछिल्ला कदमहरुको आफ्नै पार्टीबाट आलोचना भएको थियो । जीवनको अधिकाशं समय राजनीतिमा रहेर पनि उल्लेख्य काम नगरेको आरोप खेपेका देउवा देशको ४० औँ प्रधानमन्त्री भएका छन् । उनका प्रमुख प्रतिपक्ष दल छ नेकपा एमाले । संसदको दोस्रो ठूलो दल प्रतिपक्षमा रहनु देउवाको लागि ठूलो चूनौती रहेको छ ।

Sher Bahadur Deuba

विशेष