राजनीति

आज ११ बजे देशमा नयाँ प्रधानमन्त्री चयन हुँदै, तीन दल संसद सुचारु गर्न सहमत

आज ११ बजे देशमा नयाँ प्रधानमन्त्री चयन हुँदै, तीन दल संसद सुचारु गर्न सहमत

जेठ २३ । प्रमुख तीन दल अाज देखि व्यवस्थापिका–संसद बैठक सुचारु गर्न सहमत भएका छन् ।

साँझ सभामुख ओनसरी घर्तीको पहलमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने सहमति बनेको हो ।

सहमतिअनुसार मंगलबार ११ बजे बस्ने संसदको पहिलो बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् भने पहिलो बैठकमै बहुमतीय प्रणालीबाट नयाँ प्रधानमन्त्री चयनका लागि राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउने कार्यक्रमसमेत तय गरिएको छ ।

त्यसपछि बस्ने दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनका लागि मतदान हुने जनाइएको छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाकोमात्रै उम्मेदवारी परेकाले मंगलबार देउवा प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

विशेष