राजनीति

महरा उपप्रधान तथा परराष्ट्रमन्त्री र जनार्दन शर्मा गृहमन्त्री

महरा उपप्रधान तथा परराष्ट्रमन्त्री र जनार्दन शर्मा गृहमन्त्री

जेठ २४ । नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्नुे भएका छन् ।

माओवादी केन्द्रको आज(बुधबार) बसेको हेडक्वार्टरको बैठकले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकारमा महरालाई उपप्रधान तथा परराष्ट्र र जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइने निर्र्णय गरेको छ । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा महरा उपप्रधान तथा अर्थ र शर्मा उर्जा मन्त्री थिए ।

बैठकले प्रभु साहलाई पछि मन्त्रालय टुङ्ग्याउने गरी सरकारमा पठाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

ministers

विशेष