राजनीति

देउवाद्वारा सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर

देउवाद्वारा सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर

जेठ २४ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री देउवाले शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएका थिए । लगतै सिंहदरबार आएका देउवाले पदभार सम्हालेका छन् ।

देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरे । यस्तै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।

विशेष