राजनीति

गृहमन्त्री शर्माद्वारा पदभार ग्रहण, ‘पत्रिकाबाजी बन्द गरिने’

गृहमन्त्री शर्माद्वारा पदभार ग्रहण, ‘पत्रिकाबाजी बन्द गरिने’

जेठ २४ । नवनियुक्त गृहमन्त्री जनार्दन शर्माले आफ्नो पदभार ग्रहण गरेका छन् । उनले पत्रिकाबाजी गर्ने, वक्तव्य दिने वा अनावश्यक अन्तरवार्ता दिँदै हिड्ने कुरा बन्द गरिने बताउका छन् ।

बुधबार पदभार ग्रहण गरेलगत्तै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री शर्माले सुरक्षा संगठनमा देखिएका समस्या निराकरण गर्न सिपाही समेतको सुझाव लिएर आवश्यक नीति निर्माण र आवश्यक पुनर्संरचना गरिने जानकारी गराए ।

आफूलाई गृह मन्त्रालयको अनुभव नभएको र सुरक्षा निकायका धेरै कुराको ज्ञान नभएको भन्दै पूर्व माओवादी लडाकूका डेपुटी कमाण्डर समेत रहेका शर्माले भने, ‘तपाईहरुबाट सिकेर आवश्यकता पूर्ति गर्ने गरी गृह मन्त्रालयले जनतालाई सेवा र सुरक्षाका सन्दर्भमा ढुक्क भएर अघि बढ्ने अवस्था बनाइनेछ ।’

सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ सुदृढ गरिने तथा जनता र सिपाहीबाट हुने मूल्यांकनलाई सही मानिने बताए । साथै उनले केही दिनमा नै आफ्नो नयाँ योजना ल्याउने बताए । यसकासाथै उनले गृह मन्त्रालय र प्रहरी प्रशासनलाई जनताले चाहेको जस्तो बनाउने प्रतिवद्धता जनाएका छन् ।

नवनियुक्त गृहमन्त्री शर्माले स्थानीय तहको दोस्रो चरणको चुनाव पहिलो चरण भन्दा पनि प्रभावकारी, भरसहित र निश्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

विशेष