राजनीति

देउवालाई चीनको बधाई

देउवालाई चीनको बधाई

जेठ २४ । नेपाली काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चीनले बधाई दिएको छ ।

नेपालका लागि चिनियाँ राजदूत यु होङ मंगलबार साँझ देउवाको निजी निवास बुढानिलकण्ठमा पुगी प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा उनलाई चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गर्नुभएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

सो अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरे ।

जवाफमा नवनिर्वाचित प्रधानमन्त्री देउवाले नेपाल–चीनबीचको सम्बन्ध सुमधुर हुने विश्वास दिलाउँदै शुभकामनाप्रति धन्यवाद व्यक्त गरेका थिए ।

विशेष