राजनीति

देउवाको शपथ आज, केहि मन्त्रीले पनि शपथ लिने

देउवाको शपथ आज, केहि मन्त्रीले पनि शपथ लिने

जेठ २४ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले अाज पद तथा गोपनियताको सपथ लिंदैछन् ।

करिब पौने दुईबजे राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रधानमन्त्री देउवाले सपथ लिने कार्यक्रम तय गरिएको छ । आज नै पदभार ग्रहण गर्दै उनले सानो मन्त्रिपरिषद समेत बनाउने जनाइएको छ ।

पहिलो चरणमा कांग्रेस र माओवादी केन्द्रबाट तीनरतीन जना र फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारसहितको मन्त्रीमण्डल बन्ने सम्भावना छ । यसअघि मंगलबार संसद भवन बानेश्वरमा भएको प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो । संसदमा ५ सय ९३ सदस्य कायम रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५ सय ५८ मत खसेको थियो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम लगायतका दलहरु तथा केही स्वतन्त्र सांसदको मत देउवाले पाएका थिए ।

विपक्षमा भने नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजुदर किसान पार्टीलगायतका पार्टीका सांसदले भोट हालेका थिए । यसअघि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले देउवालाई प्रधानमन्त्रीमा चयन गर्न प्रस्ताव गरेका थिए भने कांग्रेस उपसभापति रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छेदारलगायत नेताले समर्थन गरेका थिए ।

विशेष