रोजगार

नेपाल वायुसेवा निगमले बर्खास्त गर्यो वरिष्ठ पाइलटलाई

नेपाल वायुसेवा निगमले बर्खास्त गर्यो वरिष्ठ पाइलटलाई


जेठ २५ । बेलैमा जहाज नउडाउने बहानाबाजी गर्ने, अन्य पाइलटलाई धम्क्याउने अभियोगमा ६ महिनादेखि ग्राउण्डेड गरिएका नेपाल वायु सेवा निगमका दुई क्याप्टेन मध्ये दिपेन्द्र भट्टराईलाई बर्खास्त गरिएको छ ।

कारबाही स्वरुप सोमबारदेखि बर्खास्त हुने क्याप्टेन भट्टराई चीनबाट ल्याइएको वाइ १२ इ विमान उडाउने क्याप्टेन हुन । उनलाई भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरिएको छ । त्यस्तै अर्का क्याप्टेन सञ्जय बादे श्रेष्ठको निलम्बन भने यथावत छ ।

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले क्याप्टेन भट्टराईलाई कारबाही गर्नुपर्ने भनी ल्याइएको प्रस्ताव संचालक बैठकले पारित गरेको हो ।

कान्तिपुर

विशेष