विचित्र विश्व

सेक्सी पहिरन लगाएर अस्पताल जाने नर्सको जागिर गयो

सेक्सी पहिरन लगाएर अस्पताल जाने नर्सको जागिर गयो


 एउटी नर्सलाई ‘सेक्सी’ पहिरन लगाएकै कारण अस्पतालबाट राजीनामा दिन वाध्य पारिएको छ ।

अस्पतालले भने उनले विरामीको सेवामा भन्दा आफ्नो पहिरनमा बढी ध्यान दिएको र लाज लाग्ने पहिरन लगाएर नर्सिङ्ग पेशालाई खिल्ली उडाएको आरोप लगाएको छ ।

परीच्याट भनेर चिनिने पेंग च्याटस्री नाम गरेकी २६ वर्षिया नर्सलाई थाइल्यान्डस्थित इसान शहरको एक नीजि अस्पतालले ‘सेक्सी’ पहिरन लगाएकै कारण राजीनामा मागेपछि सामाजिक संजालमा अहिले उनी हिट भएकी छिन् ।

उनलाई ‘स्लीम फिगर’मा एकदमै कस्सिएको तन्किने छोटो स्कर्ट लगाएर अस्पतालमा विरामीको सेवामा आउने गरेपछि अस्पतालले निगरानीमा राखेको थियो । उनले लागाएको ‘सेक्सी’ पहिरनको फोटो सार्वजनिक भएपछि मानिसहरुले उनले मोडलिङ गर्नुपर्ने सुझाव दिएका छन् ।

पश्चिमा देशमा यस्तो पहिरन सामान्य मानिए पनि थाइल्यान्डमा उत्तेजक मानिने गर्दछ । आलोचकहरुले उनले लगाएको पहिरन नर्सिङ पेशालाई अपमान गर्ने अनुपर्युक्त रहेको आरोप लगाएका छन् ।

च्याटस्रीले आफ्नो फोटो ‘थाइ नर्स लभ एशोसियसन’ नामक फेसबुक पेजमा पोष्ट गरेकी थिइन् । ‘मैले अस्पताल प्रशासनलाई सम्झाएको थिएँ, उनीहरुले अस्पतालको छबी महत्वपर्ण रहेको जवाफ दिए ।’ उनले भनिन् –‘म सबै कुरा बुझ्छु र यसलाई म ठूलो बिषय बनाउन चाहँन्न, त्यसैले म राजीनामा दिएर आफ्नो उत्तरदायित्व पुरा गर्छु ।’

उनले थाइल्यान्ड नर्सिङ काउन्सिल र उक्त अस्पतालसंग माफि माग्दै भनेकी छिन–‘मेरो बिषयलाई लिएर सबै नर्सिङ पेशालाई नै मुल्याकंन नगर्न आग्रह गर्दछु ।’

उनले अब अस्पतालाई राजीनामा दिएर आफ्नो गल्ती, कमजोरी सुधार्ने बताएकी छिन् ।

विशेष