प्रधानमन्त्री भन्छन्, देशमा प्रधानमन्त्री धेरै हुनु शेरबहादुरको मात्र दोष हो र ?
जेठ २६ – प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा भरतपुर काण्डको बारेमा बोलेका छन् । संसदमा बोल्दै उनले भनेका छन्, ‘मत च्यात्ने कुरा भरतपुरको मात्र पहिलो हैन । अदालतमा गएको कुरा हामीले बोल्न ठिक छैन् । मत च्यात्ने कुरा ठिक हो भनेर हामीले भनेको छैन् । ’
उनले संविधानको संसोधन आवश्यक रहेको बताएका छन् । संविधान संसोधन गरेर मधेसी दलको भावना बुझ्नुपर्ने बताएका छन् । उनले मधेसी दललाई ईंकित गर्दै भनेका छन्, ‘यो संविधान संसोधन गराएरै छाड्नेछौ । यो संविधान पास गराएरै छाड्नेछौ । तपाइहरु ढुक्क हुनुस् ।’
उनले मधेसमा मर्ने जनताहरुलाई आफुहरु शहिद मान्न तयार रहेको बताएका छन् । आफ्नो आस्था र भावनाले देशको लागि मर्छ भने शहिदको सङ्ख्या बढ्दैमा केही हुदैन् ।’ उनले भनेका छन् ।
उनले विभिन्न राजनीतिक दलहरुलाई आफसमा मिलेर शान्तीपुर्ण तरिकाले देशको बिकास गर्न आग्रह गरेका छन् । उनले देशको प्रधानमन्त्री सङ्ख्या बढेको आलोचनाकोलाई स्वभाभिक मानेका छन् । ‘देशमा प्रधानमन्त्री धेरै हुनु शेर बहादुरको मात्र दोष हो र ?’ उनले प्रश्न गरेका छन् । संसदमा बोल्दै उनले देशको सबै चुनाव मिलेर गर्नुपर्ने बताएका छन् ।’
sher sherbahadur deauba primeminester nepal