राजनीति

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच पहिलोपटक बालुवाटारमा छलफल

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच पहिलोपटक बालुवाटारमा छलफल

 

काठमाडौँ, १६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटवार्ता सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा नै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको थियो । 

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र सरकार सञ्चालन एवम् दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । 

अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोपटक बालुवाटारमा छलफल भएको हो । यसअघिका छलफल अध्यक्ष दाहालको निवास लाजिम्पाटमा नै हुने गरेको थियो ।

विशेष