राजनीति

इलाम–१०, सन्दकपुर–३ र माईजोगमाई–६ मा एमाले

इलाम–१०, सन्दकपुर–३ र माईजोगमाई–६ मा एमाले

 

असार - १६ । इलाम नगरपालिका–१० मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रोम लुङ्गेली एक हजार १८७ मत ल्याएर समूहसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रिखिलाल गौतमले ९४० मत प्राप्त गरेका छन् । यसैगरी सन्दकपुर गाउँपालिका–३ मा एमालेका वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाठक ९५४ मत ल्याएर समूहसहित विजयी भएका छन्। 

त्यसैगरी माईजोगमाई–६ मा वडाध्यक्षसहित समूह नै एमाले विजयी भएको छ । सो वडामा भवानीप्रसाद लिङ्दम ८९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रोहितकुमार थेवेले ४०५ मत प्राप्त गरेका छन्

विशेष