राजनीति

प्रधानमन्त्री भएकाे ३४ दिन पछि बल्ल देउवाकाे प्रेस संयोजक नियुक्त

प्रधानमन्त्री भएकाे ३४ दिन पछि बल्ल देउवाकाे  प्रेस संयोजक नियुक्त

असार २६ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त भएका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकका समाचारदाता परियारलाई आज(साेमबार) को मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

समाजशास्त्रमा स्नातकोत्तर परियार विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । परियारले आमसञ्चार विषयमा संयुक्त राज्य अमेरिकाको ओहायो विश्वविद्यालयबाट ६ महिने कोर्षसमेत गरेका छन् ।

यसअघि, परियारले समय साप्ताहिक, नागरिक दैनिकमा समेत काम गरिसकेका छन् । तनहुँको भानु नगरपालिकामा जन्मिएका परियारले खोज पत्रकारिताको विषयमा बेलायतको ‘थम्सन फाउण्डेसनबाट अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएका छन् ।

प्रधानमन्त्रीमा चयन भएको ३४ दिन बितिसक्दा पनि देउवाले सचिवालय लगायतका आवश्यक नियुक्रिमा ढिलाई गरेका हुन् । देउवा गत जेठ २३ गते प्रधानमन्त्रीमा चयन भएका थिए ।

Sher Badhur Deuwa

विशेष