राजनीति

‘राष्ट्रपतिले आफू सुरक्षित हुने गाडी माग्नु स्वभाविक हो’ — प्रधानमन्त्री

‘राष्ट्रपतिले आफू सुरक्षित हुने गाडी माग्नु स्वभाविक हो’ — प्रधानमन्त्री

असार २६ । राष्ट्रपति कार्यालयले १६ करोडको गाडी माग गरेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार संसदमा जवाफ दिएका छन् । राष्ट्रपतिको गाडीको विषयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएपछि त्यसको जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयबाट आएको प्रस्ताव धेरै महंगो नभएको बताएका छन् ।

राष्ट्रपतिलाई १६ करोडको गाडी दिने भनिएको छ । राष्ट्रपतिलाई १६ करोडको दिने भएपछि प्रधानमन्त्रीले १५ करोड र मन्त्रीहरुले १४ करोडको चढ्नुपर्ने होला । यो महंगो प्रस्ताव मुलुकले थेग्न सक्दैन, त्यसैले फिर्ता लिनुपर्छ’ सुवालले संसद बैठकमा भनेका थिए ।

जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले आफू सुरक्षित हुने गाडी माग्नु स्वभाविक भएको बताए । देउवाले गाडीको बारेमा त्यस्तो कुनै प्रस्ताव नआएपनि राष्ट्रपतिलाई उक्त गाडीको आवश्यक्ता हुने बताए । राष्ट्रपतिले चढ्ने गाडी राम्रै हुनुपर्ने बताउँदै उनले यो उच्च पद भएकाले उनको लागि सुरक्षाको व्यवस्थाको लागि त्यस्तै किसिमको गाडी किन्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रपति कार्यालयले १६ करोडको गाडी खरिदका लागि प्रस्ताव गरेको समाचार केही दिनअघि सार्वजनिक भएको थियो ।

Sher Bahadur Deuba

विशेष