एमालेसँग सम्बन्ध सुधार्दै राजपा
असार २६ । झन्डै दुई बर्षदेखि एक अर्काबीच शत्रुतापुर्ण ब्यबहार प्रर्दशन गरिरहेका प्रमुख प्रतिपक्षी एमाले र राष्ट्रिय जनता पार्टी राजपाका नेताबीच राजधानीका एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ ।
संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसंग शत्रुतापुर्ण व्यवहार प्रर्दशन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन कांग्रेस माओवादी केन्द्र पनि आफ्ना मागप्रति संवेदनशिल नदेएिको विश्लेषणसाथ एमालेसंग सम्बन्ध सुधारमाा लागेको जनाएको छ ।
राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानइ तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताए अन्नपुर्ण