राजनीति

झापा र कञ्चनपुरमा एमाले विजयी

झापा र कञ्चनपुरमा एमाले विजयी


असार २६ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् ।

प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र)का वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भइन । त्यस्तै उनका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरिन भने माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरिन ।

उता झापाको अर्जुनधारा नगरपालिका पनि एमालेकै हरिकुमार रानाले १३ हजार ८ सय ७९ मत ल्याएर विजयी भए भने उपप्रमुखमा पनि एमालेकै कमला खतिवडा विजयी भइन ।

विशेष