अन्तरवार्ता भिडियो

कांग्रेस एमालेले पैसा बाँडेर चुनाव जिते (भिडियोसहित)

कांग्रेस एमालेले पैसा बाँडेर चुनाव जिते (भिडियोसहित)

असार २७ । टेकेन्द्र जोशी नयाँ शक्ति पार्टीको युवा संगठनका प्रवक्ता तथा पार्टीका केन्द्रीय परिषद सदस्य हुन् । नयाँ शक्तिले स्थानीय तहको निर्वाचनमा व्यहोरेको असफलता पछि केही मानिसहरुले यो पार्टी परित्याग पनि गरेका छन् । तर नयाँ शक्तिमा आवद्ध रहेर काम गरिरहेका युवा नेता जोशी भने यसबाट कति पनि विचलित छैनन् । पार्टीको पराजयलाई पनि स्वभाविक रुपमा लिइरहेका छन् । पराम्परागत राजनीतिक शक्तिले निर्वाचन जित्ने प्रपञ्च जानेकोे, नयाँ शक्तिबाट जनताको अपेक्षा धेरै भएको त्यसअनुरुप केही काम गर्न नसकिएको जस्ता विषयले चुनवामा सफलता नमिनेको जोशीको विश्लेषण छ ।

पार्टीको नीति र शिद्धान्तभन्दा बाहिर गएर कहिल्यै नबोल्ने अनुशाशित नेताका रुपमा पनि जोशी परिचित छन् । केही समय अघि नयाँ शक्तिले आफ्ना नौ केन्द्रीय परिषद सदस्यलाई एकैपटक कारबाही गरेर निष्कासन गरेको थियो । नयाँ शक्तिमा बाबुराम भट्टराईको विरोध गर्नु भनेको कारबाहीको भागिदार बन्नु हो ? भन्ने प्रश्नमा जोशी भन्छन्, ‘ विरोध गर्न पाइन्छ, फरक मत राख्न पनि पाइन्छ । विरोध गर्ने वा फरक मत राख्नका लागि पनि पार्टीमा नियम बनाइएको छ । त्यो परिधिभित्र रहेर फरक मत राख्नु पर्छ । फरकमत राख्ने अधिकारको नाउमा अनुशासनहिनता पार्टीले स्वीकार गर्दैन ।’

पार्टी निर्माण भएको एक वर्ष भएको छ । यसबीच पनि नयाँ शक्तिले धेरै तहमा संगठन विस्तार गरेको छ । सबैतिर उम्मेदवारी दिएको छ । पार्टी स्थानीय तहमा पराजित हुनु बारे समिक्षा पनि हुने उनले जानकारी दिए ।

नेता जोशीले संघीय समाजवादी वा अन्य वैकल्पिक शक्तिसँग नयाँ शक्तिको एकीकरणको सम्भावनालाई अस्वीकार गरेनन् । नयाँ शक्ति वा बैकल्पिक शक्ति निर्माण हुने उनले विश्वास व्यक्त गरे । पार्टी निर्माण सुरु भएको एक वर्षमै चुनावमा सफलता मिलेन भनेर चिन्ता लिन आवश्यक नभएको उनले बताए ।

नयाँ शक्ति निकट युवा संगठनका प्रवक्ता जोशीसँग गरिएको भिडियो अन्तवार्ता यसै साथ समाविष्ट भएको लिंकमा हेर्न सकिनेछ ।

विशेष