राजनीति

ताप्लेजुङको आठराई त्रिवेणीमा काँग्रेस र मिक्वा गाउँपालिकामा एमाले विजयी

ताप्लेजुङको आठराई त्रिवेणीमा काँग्रेस र मिक्वा गाउँपालिकामा एमाले विजयी

 

असार - १७ । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विश्वनाथ सिटौला विजयी भएका छन् । उनले दुई हजार २२७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीबहादुर केक्सोले दुई हजार २१४ मत ल्याए । 

उपाध्यक्षमा एमालेका मञ्जु भट्टराई दुई हजार १८१ मत ल्याई विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका ममता सुब्बाले दुई हजार २४ मत ल्याए । आठराई त्रिवेणी नगरपालिकाको पाँच वडामध्ये दुई वडामा काँग्रेस, दुई वडामा एमाले र एक वडामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । 

वडा नं १ मा काँग्रेसका पूर्णकुमार सिटौलाको समूह, २ नं वडामा पनि काँग्रेसको सोमप्रसाद विमलीको समूह, ३ नं मा एमालेका देवी खरेलको समूह, ४ नं मा पनि एमालेको डम्बरबहादुर लिम्बूको समूह र वडा नं ५ मा नेकपा (माओवादी केन्द्र)का सन्तोष लिम्बू विजयी भएका छन् । 

यस्तै मिक्वा गाउँपालिकाको अध्यक्षमा एमालेका रामकुमार सावा विजयी भए । उनले एक हजार ४८४ मत ल्याउनुभयो भने उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका भक्तबहादुर कार्कीले एक हजार ४५६ मत ल्याए । 

उपाध्यक्षमा काँग्रेसकी रद्रकुमारी लिम्बूले एक हजार ४८९ मत ल्याई विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मीना पेदेनले एक हजार ३८२ मत ल्याइन्

विशेष