राजनीति

प्रतिनिधिसभामा पनि तीन प्रतिशत थ्रेसहोल्ड

प्रतिनिधिसभामा पनि तीन प्रतिशत थ्रेसहोल्ड

असार २५ । सरकारले प्रतिनिधिसभा निर्वाचन समानुपातिक सिट प्राप्त गर्न कुल सदर मतको तीन प्रतिशत थ्रेसहोल्ड प्रस्तावसहित प्रतिनिधिसभा निर्वाचन विधेयक संसद्मा पेस गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनले राष्ट्रिय दलको मान्यता पाउनका लागि तोकेको थ्रेसहोल्ड नै प्रतिनिधिसभाको थ्रेसहोल्ड तोकिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार कुल सदर मतको समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट नजित्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछैन । सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले संसद्मा पेस गर्नुभएको विधेयक औपचारिक रूपमा दर्ता भने भएको छैन ।

सोमबार साँझ ५ बजे विधेयक पेस भए पनि संसद्को नियमावली अनुसार दिउँसो २ बजेपछिको दर्ता मङ्गलबार कायम हुनेछ ।

गोरखापत्र

विशेष