राजनीति

जनताले विकासका लागि परिवर्तन चाहेका छन् – नेता ओली

जनताले विकासका लागि परिवर्तन चाहेका छन् – नेता ओली

 

असार - १७ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा एमाले सतिसाल जस्तै अडिग रहने बताए । 

गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा डिल्लीराज भुसाल र उपप्रमुखमा सीता भण्डारीसहितको टोलीले विजय हासिल गरेपछि पार्टीले शनिबार यहाँ आयोजना गरेको विजयसभालाई सम्बोधन गर्दै नेता ओलीले जनताले लोकतन्त्र र देशको विकासका लागि परिवर्तन चाहेको बताए। 

उनले विजेता प्रमुख तथा उपप्रमुखलाई रेसुङ्गा नगरको विकासका लागि गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिँदै विकासका लागि आफूले केन्द्रबाट बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । 

विजय सभालाई सम्बोधन गर्दै एमालेका पार्टी सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले जनताले परिवर्तन चाहेको र जनचाहनालाई आत्मसात् गरेर एमालेले स्थानीय तहको चुनावमा देशभर नै अग्रता कायम गरेको दाबी गरे । 

विशेष