राजनीति

बझाङको बुंगल नगरपालिकामा काँग्रेस, जयपृथ्वीमा एमाले

बझाङको बुंगल नगरपालिकामा काँग्रेस, जयपृथ्वीमा एमाले

 

असार १७ । बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा नेपाली काँगे्रस तथा जयपृथ्वी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । बुङ्गल नगरपालिकाको नगर प्रमुखमा धनबहादुर विष्ट पाँच हजार २५९ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धनबहादुर बोहराले चार हजार ५८९ मत प्राप्त गरिन् । उपप्रमुखमा काँग्रेसकी मीनादेवी बोहोरा पाँच हजार ३६० मत ल्याई विजयी भइन् । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले चार हजार ५८९ मत प्राप्त गरिन्।

यसैगरी जयपृथ्वी नगरपालिकाको नगरप्रमुखमा एमालेका वीरेन्द्रबहादुर खड्का तीन हजार ४० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका चेतराज बजालले दुई हजार ९६० मत प्राप्त गरे। उपप्रमुखमा एमालेकी जुना जाग्री तीन हजार ४१५ मत ल्याई विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अमृतादेवी सिंहले दुई हजार ८९१ मत प्राप्त गरिन् ।

यस्तै दुर्गाथली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रयागराज जोशी एक हजार ५९० मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जनक दौल्यालले एक हजार ४५३ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी पार्वती जप्रेल एक हजार ६१२ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी शान्ति महतले एक हजार ५०० मत प्राप्त गरे ।

त्यस्तै सुर्मा गाउँपालिकामा काँग्रेस विजयी भएको छ । सो गाउँपालिकाको अध्यक्षमा नरबहादुर बोहोरा एक हजार ७४८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शेरबहादुर बोहोराले एक हजार ६८६ मत प्राप्त गरे । उपाध्यक्षमा काँग्रेसकी समिताकुमारी बोहोरा पुजारा एक हजार ७४१ मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मातादेवी बोहोराले एक हजार ६९५ मत प्राप्त गरे ।

यसैगरी चिरवित्थड गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेम बोहोराले दुई हजार ७११ मत ल्याई विजयी भए । उनका निकतटम प्रतिद्वन्द्वी कँग्रेसका धनबहादुर खड्काले दुई हजार २५२ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी जानकी बोहोरा दुई हजार ८२६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कमला जोशीले दुई हजार ३३० मत प्राप्त गरे ।

यस्तै थलारा गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा भुवनेश्वर उपाध्याय दुई हजार ७७८ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राम खातीले दुई हजार ८१ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी गङ्गुदेवी खडायत दुई हजार ६६३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पिङ्की भण्डारीले दुई हजार ३५ प्राप्त गरिन् ।

यस्तै तलकोट गाउँपालिकाको अध्यक्षमा एमालेका लाल विष्ट दुई हजार ६४ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्र सिंहले दुई हजार मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकी धनलक्ष्मी खत्री दुई हजार ५७ मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कँग्रेसकी जयकुमारी ऐडीले दुई हजार ३७ मत प्राप्त गरिन् ।

विशेष