राजनीति

प्रत्यक्ष सांसदको संख्या २४० नै राख्ने

प्रत्यक्ष सांसदको संख्या २४० नै राख्ने

असार २८ ।  प्रधानमन्त्री शेरबहादुर देउवा आक्कलझुक्कल भन्ने गर्थे प्रतिनिधिसभामा प्रत्यक्षतर्फको सिट संख्या २४० नै राखिदिऊँ ।

तर, वर्तमान संविधानको व्यवस्थविपरीत त्यही प्रस्ताव मंगलबार कांग्रेसकै नेता रामचन्द्र पौडेलले उठाए । पौडेलले नयाँ संविधानमा व्यवस्था गरिएको १६५ सिट संख्याले क्षेत्र निर्धारण गर्दा विवाद हुनसक्ने भन्दै २४० सिट नै प्रत्यक्ष चुने फरक नपर्ने बताए । उनले त्यसरी चुनिनेलाई प्रतिनिधिसभा र समानुपातिकबाट चुनिनेलाई राष्ट्रिय सभामा लैजान सकिने बताए ।

यो प्रस्तावलाई देउवाले मुन्टो हल्लाउँदै समर्थन गरेका थिए। एमाले अध्यक्ष केपी ओलीले यसमा व्यङ्ग्यात्मक जवाफ दिँदै भने, चुनिएर आउनेलाई लैजानुपर्ने त प्रतिनिधिसभामै हो। तर, माओवादी मित्रहरु मान्नुहोला ररु समानुपातिकको मान्यता स्थापित गर्न भूमिका खेलेको उहाँहरुले हो। संविधान बनाउँदा संख्या घटाउन भने पनि आफ्नो दल अब संविधान बमोजिम नै हुनुपर्नेमा रहेको एमालेका एक नेताले बताए। कांग्रेस नेताले भने प्रत्यक्ष चुनिएकालाई प्रतिनिधिसभामा राख्ने र बाँकीलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव ओलीबाटै आएको दाबी गरेका छन् ।

कान्तिपुर  

विशेष