राजनीति

संविधान संशोधन प्रक्रियाबाट पछि हट्यो सरकार

संविधान संशोधन प्रक्रियाबाट पछि हट्यो सरकार

असार २८ । दुई तिहाइ मत नपुग्ने भएपछि संविधान संशोधन विधेयकलाई तत्काल मतदानमा नलैजाने निर्णयमा सरकार पुगेको छ ।

मंगलबार बिहान एमालेसँगको बैठकपछि सरकार यस्तो निर्णयमा पुगेको हो । सरकारको यस्तो निर्णयप्रति आक्रोशित हुँदै साँझ राजपा नेताहरू बालुवाटार गएका थिए ।

तर सत्तापक्षले आफैं विवश रहेको बताएपछि फर्कंदा उनीहरूको स्वर मत्थर भएको थियो । मंगलबार बिहान एमालेसँग वार्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइ नपुग्ने भएपछि अब संविधान संशोधनको सट्टा मन्त्रिपरिषद् विस्तार पहिले हुने बताएका थिए ।

देउवाको यस्तो भनाइ सुनेर क्रुद्ध राजपा अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले ‘सरकारले आफूहरूलाई प्रक्रियाभन्दा बाहिर राख्न अनेक निहुँ बनाइरहेको’ आरोप लगाए । तर बालुवाटारबाट फर्कंदा उनै महतोले भने, ‘संशोधन पारित गर्न सरकारले प्रयास जारी राख्छौं भनेको छ, हामीले पनि ठिकै छ, हामी पनि आफ्नोतर्फबाट प्रयास गरौंला भनेर फर्कियौं, आज सामान्य कुराकानी भएको छ ।’

कान्तिपुर

विशेष