कमल थापालाई पशुपती शमशेर राणाको चेतावनी, ‘पार्टी कमल थापाको बिर्ता होइन’
असार ३० । राष्ट्रिय प्रजानन्त्र पार्टीका वरिष्ट नेता पशुपती शमशेर राणाले पार्टी अध्यक्ष कमल थापालाई गम्भीर आरोप लगाएका छन् । उनले थापालाई पर्टीलाई आफ्नै बिर्ताजस्तो बनाउन लागेको आरोप लगाएका हुन् ।
राप्रपाका पार्टी अध्यक्ष थापाले केन्द्रिय सदस्यहरुलाई थाहै नदिई ४२ जना केन्द्रिय सदस्य मनोनयन गरेको विषयमा आक्रोश जनाउँदै उक्त निर्णय फिर्ता लिन र तत्काल राप्रपालाई बिग्रहबाट बचाउन सुझाव दिएका छन् ।
आज(शुक्रबार) प्रेस विज्ञप्ती जारी गर्दै उनले भने, ‘पार्टी अध्यक्ष कमल थापाले केन्द्रिय समितिमा ४२ जना केन्द्रिय समस्य मनोनयन गरेको समाचार विभिन्न सञ्चारमाध्यमहरुबाट थाहा पाएपछि गम्भीर रुपमा मेरो ध्यानाकर्षण भएको छ ।’ उनले थपेका छन्, ‘अध्यक्ष एक्लैले एकांकी रुपमा मधेस,महिला, आदिवासी जनजाती, पिछडिएको क्षेत्र एंव समुदाय, दुर्गम क्षेत्र र दलितको समानुपातिक र समावेशी प्रतिनिधित्वको कुनै ख्याल नराखी गरिएको मनोनयनप्रति मेरो पूर्ण असहमति छ । ’
नेता राणाले अध्यक्ष थापालाई यो निर्णय तत्काल फिर्ता लिनसमेत चेतावनी दिएका छन् । उनले आफू यस प्रवृत्तिको घोर निन्दा र भत्सर्ना गनेए बताउँदै सो निर्णय फिर्ता लिएर पार्टीलाई विग्रह तथा प्रत्युत्पादक आन्तरिक द्वन्द्वमा फस्नबाट बचाउन सुझाएका छन् ।
kamal thapa , Pashupati shumsher