राजनीति

चितवन: ६०८ उम्मेदवारको धरौटी जफत, अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

चितवन: ६०८ उम्मेदवारको धरौटी जफत, अधिकांश उम्मेदवारले खर्च विवरण बुझाएनन्

असार - ३१ । चितवनको भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । जिल्ला निर्वाचन कार्यालयले निर्वाचन खर्च पेस गर्न दिएको समयमा ७२० जनालेमात्रै निर्वाचन खर्च पेस गरेका छन् ।

भरतपुर महानगरबाहेकका एक हजार ५१९ उम्मेदवारमध्ये ७२० जनालेमात्रै निर्वाचन खर्च पेस गरेको कार्यालयले जनाएको छ । निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवारले निर्वाचन खर्च पेस गर्नुपर्ने प्रावधान भएपनि आधा बढी उम्मेदवारले खर्च विवरण पेस नगरेको कार्यालय प्रमुख हरि ढकालले जानकारी दिए ।

भरतपुरबाहेकका ६ स्थानीय तहका ७९९ जना उम्मेदवारले निर्वाचन खर्च पेस गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । केन्द्रमा विवरण पेस गर्दा समयमा बुझाएको र नबुझाएको छुट्टाछुट्टै खुलाएर पठाइने ढकालले बताए ।

६०८ जना उम्मेदवारको धरौटी जफत

जिल्लाका निर्वाचन सम्पन्न भएका ६ तहका ६०८ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

भरतपुर महानगरपालिकाबाहेकका पाँच नगरपालिका र एक गाउँपालिकाकामा उम्मेदवारी दिएका एक हजार ५१९ मध्ये ६०८ जनाको धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख ढकालले जानकारी दिए । धरौटी फिर्ताका लागि सदर मतको १० प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेको छ । 

विशेष