कला साहित्य

अलोनका तीन गजल

अलोनका तीन गजल

गजल १
पत्थर मन हुनेसँग सुन्दर फूल ठोकिए छ आज
गन्तब्यमा पुग्छु भन्दै थियो फूल रोकिए छ आज

उ पैसाको धनि म मनको धनि कुरा मिल्दै मिलेन
उसको माया बहुमूल्य तराजुमा जोखिए छ आज

हास्न बिर्सिए मुसाफिरले पनि गुनासो गर्दै थियो
आँखाको टिलपिल आँसु कता पोखिए छ आज

चिन्ता गर्दै भन्दै थियो प्रेमी नछुटोस उस्को जोडी
साँच्चै नछुटिने गरी नाम शिलामा कोरिए छ आज

पत्थर मन हुनेसँग सुन्दर फूल ठोकिए छ आज
गन्तब्यमा पुग्छु भन्दै थियो फूल रोकिए छ आज

गजल २

तिमी बदलियौ तिमी र म हिंड्ने बाटो उस्तै छ
एउटै धर्तीमा अडेको छौ हामी माटो उस्तै छ

सुन्छु पराइको साथ प्यारो लाग्न थाल्दैछ भन्ने
तिम्रो नामको मुटुमा कोरिएको टाटो उस्तै छ

भुल्न सकिन र त छोडेर गएन तिम्रा यादले
त्यसैले आजसम्म जिन्दगीको पाटो उस्तै छ

जब झरिको आगमन हुन्छ संगै तिम्रो यादनि
झरी रोकिन्छ, रोकिदैन याद र लाटो उस्तै छ

मेरो दिलमा सुन्दर महल बनाएर गा'की थियौ
र त आजसम्म त्यही महलको खाटो उस्तै छ

गजल ३

यस्तै रै'छ दुनियाँ भनी खुलेर मुस्कुराएँ
याद आयो कताकता सम्झेर मुस्कुराएँ

बाकी थियो तिमिले दिएको आँसु सँगै
तिमीले दिएको उपहार चुमेर मुस्कुराएँ

थाहा छैन ती अतितहरु किन बल्झिन्छ
आफ्नै मनसँग गुनासो पोखेर मुस्कुराएँ

फर्किएन मध्य रातमा हिडेका सपनाहरु
आउने आसमा जुन लाई हेरेर मुस्कुराएँ

यस्तै रै'छ दुनियाँ भनी खुलेर मुस्कुराएँ
याद आयो कताकता सम्झेर मुस्कुराएँ

रिदम झरी (अलोन)
झा रा ७ सिन्धुली

विशेष