राजनीति

रविन्द्र मिश्रको पार्टी निर्वाचन आयोगमा दर्ता, राजपाले पनि मान्यता पायो

रविन्द्र मिश्रको पार्टी निर्वाचन आयोगमा दर्ता, राजपाले पनि मान्यता पायो

साउन १ । निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका ६ ओटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो ।

आयुक्त नरेन्द्र दाहालले ६ ओटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’लाई दलको मान्यता प्रदान गरेको जानकारी दिए । उनले ‘राजपालाई निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय भएको छैन’–भने ।

यसैगरी, आयोगको बैठकले पाँचओटा राजनीतिक दललाई दर्ता गरेको छ । पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले औपचारिकरुपमा दलको मान्यता पाएको छ ।

यस्तै, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद, दलित–मुस्लिम जनशक्ति पार्टी र नेपाली कांग्रेस ९बीपी०लाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ ।

विशेष