राजनीति

‘चीनसँग सम्बन्ध राख्नु पर्छ’ भन्दा राजपामा ठूलो झगडा

‘चीनसँग सम्बन्ध राख्नु पर्छ’ भन्दा राजपामा ठूलो झगडा

साउन २ । छ वटा पार्टी मिलेर एक भएर गठन भएको तराई केन्द्रित दल राजपाको संगठन भद्रगोलमा फस्दै जान थालेको छ । ८ सय १५ जना केन्द्रीय सदस्य रहेको पार्टीमा १३४ जना त पदाधिकारीमात्रै छन् । त्यसमा पनि महासचिव त २५ जना छन् । वरिष्ठ नेतामा रामनरेश राय, निर्जला राउत र बद्री मण्डल छन भने सहअध्यक्षमा हृदेयश त्रिपाठी, लक्ष्मणलाल कर्ण, वृजेशचन्द्र लाललगायतका नेताहरु छन् ।
संगठनभित्रको भद्रगोलकतिसम्म थियो भन्ने त निर्वाचन आयोगमा एक हप्तासम्म केन्द्रीय सदस्यको नाम र नागरिकताको प्रमाणित प्रमाणपत्र बुझाउन नसक्नुले पुष्टि गर्दछ ।
तर, अहिले त्यो भन्दा ठूलो वैचारिक विवादमा राजपा फसेको छ । पार्टीको विधान र घोषणपत्रमा उल्लेखित केही बुँदा र संविधान संशोधन तथा निर्वाचनमा सहभागीता को विषयलाई लिएर राजपाभित्र अहिले चर्को विवाद देखिएको छ । २०७४ असार ३१ गते आइतबार आयोगले राजपाको दल दर्ता गरेको छ । दल दर्ता हुनभन्दा पहिला नै राजपाभित्र दुई धार देखिएको छ । एकातिर घोषणपत्रमा छिमेकी मुलुक चीनसँग सम्बन्ध विस्तार गर्ने शब्द राखेको छ । अर्कोतिर आइएनजिओलाई तराईमा खुलेआम स्वागत गरेको छ । राजपाभित्रका भारतपरस्तहरु चीनको बारेमा उल्लेख गर्नु गलत भएको तर्क गरिरहेका छन् । त्यसमा राजेन्द्र महतो र अनिल झा खुलेरै विरोधमा देखिएका छन् । महन्थ ठाकूर मौन भए पनि चीनसँग सम्बन्ध विस्तारमा सहमत छैनन् । तर शरतसिहं भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव चीनसँग सकारात्मक छन् । पहिलो पटक यो दलले चीनको बारेमा उल्लेख गरेको हो ।
–साँघु साप्ताहिकबाट

विशेष