रोजगार

भगत सर्वजीत कार्यक्रमले जाजरकोटीलाई उद्यमी बनाउने

दीपबहादुर घर्ती

भगत सर्वजीत कार्यक्रमले जाजरकोटीलाई उद्यमी बनाउने

साउन ३ । नेपाल सरकार तथा उद्योग मन्त्रालयवाट सञ्चालित भगत सर्वजीत कार्यक्रमले जाजरकोटीलाई उद्यमी बनाउने घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटले जनाएको छ । उद्यम विकास तालिम जस्तै कार्यक्रमले स्थानीय महिला तथा दलित समुदायका नागरिकहरुलाई सीप विकास तालिम दिएर उद्यमी बनाउने घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटले जनाएको हो ।

यस वर्षदेखि जाजरकोटमा सञ्चालन भएको भगत सर्वजीत कार्यक्रमले चालु आर्थिक वर्षमा ७ प्रकारका सीप बिकास तालिम दिएर जिल्लाबासीलाई उद्यमी बनाउने प्रयास गरिरहेको उद्योग विकास अधिकृत ईन्दिरा भुषालले जनाइन् । रोजगारी श्रृजना गरी गरिवी न्युनिकरण गर्नका लागि नेपाल सरकारद्वारा सञ्चालित भगत सर्वजीत कार्यक्रम निकै प्रभावकारी रहेको उद्योग बिकास अधिकृत भुषालले दावी गरिन ।

भगत सर्वजीत कार्यक्रमवाट सञ्चालित सिप बिकास तालिमहरुमा भेरी नगरपालीका–२ ज्याम्नेचौरमा बाँसको मुढा बनउने तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटका लेखापाल बिष्णु रेग्मीले बताए । उक्त तालिम असार १ गते देखि ३० गते सम्म संचालन भएको थियो । १२ जना महिला सहभागि रहेको उक्त तालिममा २ जना अन्य महिला र १० जना जनजाती महिलाको सहभागिता रहेको लेखापाल रेग्मीले जानकारी दिए ।

त्यसैगरी जिल्ला सदरमुकाम खलंगामा असार १ देखि ३० गते सम्म कुशन तालिम सञ्चालन गरिएको लेखापाल रेग्मीले बताए । रेग्मीले दिएको जानकारी अनुसार कुशन तालिममा जम्मा २० जना महिलाको सहभागिता रहेको थियो । सहभागी २० जना महिलामा ११ जना दलित, २ जना जनजाती र ७ जना अन्य महिलाहरु रहेका थिए । कुशन कुर्सी, टेवुल र खाटहरुमा प्रयोग गर्न निकै उपयोगी सामाग्रीका रुपमा लिने गरिएको छ ।

त्यसैगरी छेडागाड नगरपालीकाको थलहमा सिलाई, कटाई तालिम र आधारभुत कम्प्युटर तालिम सञ्चालन भैरहेको घरेलु तथा साना उद्योग विकास समिति, जाजरकोटले जनाएको छ । त्यसैगरी खलंगामै हाउस वाईरिङ्ग, भेनपा–३ स्यालामा बहुँमूल्य पत्थर कटिङ्ग सम्बन्धिको तालिम सञ्चालन भइरहेको जनाइएको छ भने, भेनपा–१ पिपेमा प्राकृतिक रेसा बुनाई तालिम सम्पन्न भैसकेको बताइएको छ ।

विशेष