राजनीति

गुटबन्दीले माओवादी धरापमा रहेको दाहालको निष्कर्ष

गुटबन्दीले माओवादी धरापमा रहेको दाहालको निष्कर्ष


साउन ३ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाटीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन् ।

स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको विस्तारित बैठकमा सोमबार मौखिक प्रतिवेदन पेस गर्दै दाहालले माओवादी पार्टी माओवादीजस्तो नभएको भन्दै असन्तुष्टि पोखेका हुन् ।

शीर्ष नेताहरूबाटै गुटबन्दी चलाइएको संकेत गर्दै दाहालले व्यक्तिपिच्छे गुटबन्दी चलाउने नै भए घोषित रूपमै चलाउन चुनौती दिए । ’पार्टी्भित्र गुटबन्दी छैन भनियो तर अझै जीवितै रहेछ । किन लुकिछिपी चलाउनुहुन्छ, गुट नै चलाउने हो भने घोषित रूपमै चलाउनुहोस,’ दाहालको भनाइ उद्धृत गदै सचिवालयका एक सदस्यले भने ’पार्टी बनाउने सोच नै नबनाई भत्काउने हो भने घोषित गुटबन्दी गरे भइहाल्छ ।’

अन्नपूर्ण 

विशेष