राजनीति

हृदयेश त्रिपाठीको कुरा सुन्दा त राजपा नेपाल चाँडै टुक्रिने पो देखियो

हृदयेश त्रिपाठीको कुरा सुन्दा त राजपा नेपाल चाँडै टुक्रिने पो देखियो

अहिले पनि तेस्रो चरणको निर्वाचनमा भाग लिने कि नलिने भन्ने कुरा संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा निर्भर छ कि ?

त्यस्तो कुरा मलाई होइन, अध्यक्ष मण्डलका सदस्यहरुलाई सोध्ने हो । हामीलाई नीतिगत कुरा नसोध्नुस् । किनभने राजपामा अध्यक्ष मण्डल नामको एउटा मण्डलीबाहेक कुनै सांगठनिक संरचना र कमिटी नै छैन । छ जना अध्यक्ष छन्, बाँकी सबै कार्यकर्ता मात्रै हुन् । म पनि कार्यकर्ता मात्रै हुँ ।

भूमिका पनि माग गर्नुभएको हो ?
विगतका विभिन्न घटकका केन्द्रीय सदस्यहरुलाई राजपाको केन्द्रीय सदस्य मान्दा आठ सय १५ जना होइन्छ । केन्द्रीय कमिटीभित्र कम्तीमा दस्ताबेज, कार्यदिशा र कार्यनीतिबारे छलफल गरौं । रणनीति बनाऔं भनिरहेका छौं । मण्डलीको भरमा पार्टी चलाउन हुँदैन , त्यसरी चल्दैन पनि । पार्टी भन्न त घोषणा पत्र हुनुपर्छ । हाम्रो घोषणापत्र के हो ? स्पष्ट हुनु पर्छ ।

अहिलेको सरकारलाई के भन्नु हुन्छ ?
सरकारले असरा ३ गते जुन परासी काण्ड घटायो, राजपाको सभामा हस्तक्षेप गरेर, त्यसपछि यो सरकारलाई समर्थन गर्नु बेकार र वाहियात हो भन्ने मेरो बुझाइ छ । यो अरु सरकारमा खासै भिन्नता छैन । चरित्र, स्वरुप कामकारबाही एउटै छ ।

– जनआस्था साप्ताहिकमा प्रकाशित राजापा नेपालका नेता हृदयेश त्रिपाठीसँगको अन्तर्वार्ताको संक्षेप ।

 

विशेष