समाज मुख्य समाचार

जिग्रीको जन्मदिनको अवसरमा जिग्री-पाँडे प्रतिष्ठानद्वारा दृष्टिविहीन परिवारलाई घर हस्तान्तरण (फोटोफिचर)

जिग्रीको जन्मदिनको अवसरमा जिग्री-पाँडे प्रतिष्ठानद्वारा दृष्टिविहीन परिवारलाई घर हस्तान्तरण (फोटोफिचर)

साउन - ४ । सप्तरीको डाकनेश्वरी नगरपालिका ८ स्थित प्रवाहपट्टि टोलमा ‘जिग्री पाँडे प्रतिष्ठान’द्वारा निर्माण गरिएका तीन वटा पक्कि घर वुधवार स्थानीय दृष्टिवीहिन परिवारलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठानका अध्यक्ष तथा हाँस्य कलाकार कुमार कट्टेल (जिग्री)को जन्मदिनको अवसर पारी उक्त घर स्थानीय शम्भु मण्डल, शिवनारायण मण्डल र लक्ष्मण मण्डलको परिवारलाई हस्तान्तर गरिएको हो ।

दृष्टिविहिन आवास निर्माण परियोजना अन्तर्गत निर्माण गरिएका तीनै वटा घर हस्तान्तरका लागि आयोजित कार्यक्रममा सप्तरीका सिडिओ कृष्णवहादुर कट्वाल र हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले संयुक्त रुपमा घरको साँचो हस्तान्तरण गरेका छन् ।

कुल ३१ लाख ७० हजार ८ सय ७५ रुपैयाँको लागतमा निर्माण सम्मन्न भएका तीन वटै घरमा शौचालय र ३ वटा कोठा छन् । घर निर्माणका लागि प्रतिष्ठान मार्फत १८ लाख ५१ हजार ६४, ७ लाख ७७ हजार ४०६ र सप्तरी युथ नेपाल मार्फत २८ हजार रुपैयाँ संकलन भएको प्रतिष्ठानका सदस्य तथा हाँस्य कलाकार अर्जुन घिमिरे (पाँडे) ले जानकारी दिए ।

कार्यक्रमकै क्रममा प्रतिष्ठानद्वारा निर्मित घरको अवलोकन गरेका सिडिओ कटवालले सकारात्मक सोच र गरौं भन्ने भावना भए असम्भव छैन भन्ने उदाहरणको रुपमा परियोजनालाई लिन सकिने भन्दै सम्वन्धित सवै पक्षको प्रशंसा गरे ।

यस्तै दृष्टि विहिन परिवारका शम्भु मण्डलले आफुले नसोचेको काम जिग्री पाँडेले पुरा गरेर देखाएको भन्दै प्रशंसा गरे । परिवारै आँखा देख्न नसक्ने भएका कारण खाने, लगाउने र वस्ने समस्या ब्यवहोरीरहेका आफुहरुको वस्ने समस्या जिग्री पाँडे फाउण्डेसनले अत्य गरेको भनाई छ । तर, वालवच्चाको पढाई लेखाई र खाने लगाउने चिन्ता यथावत रहेको उनले दुःख ब्यक्त गरे । तीन परिवारमा उनीसँगै १० जनाको वसोवास छ । जसमा ५ जना पुर्ण दृष्टिविहिन छन भने र अन्य आंशिक दृष्टिविहिन तर अपांग छन् ।

घरको साँचो हस्तान्तरसँगै दृष्टिविहीन परिवारसँग जन्मदिनसमेत मनाएका कुमार कट्टेलले असहाय र दुःख पाएकाहरुको सेवा गर्न पाउँदा आफुलाई अत्यन्तै खुसी लागेको वताए । उनले आफनो अभियान सप्तरीवाट सुरुवात भएको वताउँदै गरिव दुःखीका पक्षमा आफु सदैव लागिरहने वताए । प्रतिष्ठानका अर्का सदस्य अर्जुन घिमिरे (पाँडे) ले शितलहका वेला दुःख पाएका वालवालिका र अपांगको अवस्था देखेर आफुहरुले सप्तरीमा घर निर्माणको योजना ल्याएको वताउँदै आफनो कामले दृष्टिविहिन परिवारभन्दा पनि आफुलाई नै वढि खुसी लागेको वताए ।

विशेष