राजनीति मुख्य समाचार

रुपाकोट मझुवागढीमा एमालेको अग्रता

रुपाकोट मझुवागढीमा एमालेको अग्रता


असार–१७ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

मत गणनाको शुरुवातदेखि नै माओबादी केन्द्रले अग्रता कायम राखे पनि गणना कार्य अन्तिम हुँदै जाँदा एमालेका मेयर दिपनारायण रिजाल र बिणादेबी राईले अग्रता लिएका हुन् ।

१५ वडा रहेको नगरपालिकाको ११ वटा वडामा खसेको मत गणना गरिसक्दा एमालेको दिपनारायण रिजालले ३ हजार ९ सय २६ उपमेयरकी उम्मेदवार बिणादेबी राईले ४ हजार २० मत प्राप्त गरेका छन् । दोश्रो स्थानमा निस्कँदै नेपाली कांग्रेसका राजनशेर राईले ३ हजार ५ सय ३९ प्राप्त गरेका छन भने उपमेयरमा कुन्ता केसीले ३ हजार २९ मत लिएका छन् ।

माओबादी केन्द्रका तर्फबाट दुर्गाजयन्ती राईका लागि ३ हजार ४ सय ५४ र उपमेयरका लागि होमकाजी आचार्य(बिनोद) ले ३ हजार ६ सय ११ मत ल्याउँदै दोश्रो स्थानमा रहेका छन् ।

विशेष