राजनीति

मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिताको माग

मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिताको माग

 

साउन - ४ । महिला सांसदहरूले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुधबार भेटी विभिन्न माग प्रस्तुत गरेका छन् । 

महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदहरूले अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने, मुुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्नेलगायतका माग प्रस्तुत गर्नुभएको सांसद रेखा शर्माले जानकारी दिइन् । 

सो अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली र ‘प्रचण्ड’ ले महिला सांसदका माग पूरा गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको सांसद शर्माले बताउनुभयो । भेटमा सांसद सीता नेपाली, कुन्ती शाही, ईश्वरी न्यौपाने, रेखा शर्मा र सीता गुरुङ लगायतको सहभागिता थियो । महिला सांसदहरूले आइतबार प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष सोही माग राख्दै ज्ञापनपत्र बुझाएका थिए ।

विशेष